नेपाल योग खेलकुद सुर्खेतको अध्यक्षमा गौतम


सुर्खेत । नेपाल योग खेलकुद संघ जिल्ला कार्य समिति सुर्खेत गठन भएको छ । योग साधकहरुको बुधबार वीरेन्द्रनगरमा भएको भेलाले १५ सदस्यीय सुर्खेत जिल्ला कार्य समिति गठन गरेको हो ।
भेलाले अध्यक्षमा शिवप्रसाद गौतम, उपाध्यक्षमा शिवराज अधिकारी र कृष्ण न्यौपाने, सचिव हरिप्रसाद अधिकारी, सह–सचिव राजकुमारी पौडेल, कोषाध्यक्ष हिमाल चन्दलाई चयन गरेको हो ।

समितिको सदस्यहरुमा नरेश्वर अधिकारी, शेरबहादुर खड्का, बालाराम पौडेल, यामराज शर्मा, क्षितिज थापा, देवबहादुर पुलामी, कमल जिसी र कल्पना शर्मा रहेका रहेका छन् ।
एक रिक्त सदस्य पद समितिले अर्को बैठकमा मनोनित गर्ने जनाएको छ । त्यस्तै भेलाले प्रदेश प्रतिनिधिमा शेरबहादुर खड्का र नरेश्वर अधिकारीलाई चयन गरेको छ ।

