कर्णालीमा कर्मचारी अभावले जनअप्रेक्षित विकासले गति लिन सकेन् : मुख्यमन्त्री राजकुमार शर्मा

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशमा कर्मचारी अभावले जनअप्रेक्षा अनुरुपका विकास निर्माणले गति लिन नसकेको बताएका छन् ।

मुख्यमन्त्री मन्त्रीपरिषद्को कार्यालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शर्माले कर्मचारी अभावकै कारणले प्रदेश सरकारका काम अपेक्षित ढङ्गले अघि बढ्न नसकेको बताएका हुन् ।

उनले संघीयताको मर्म अनुसारको गतिमा कानून निर्माण नहुँदा थप अर्को समस्या झेल्नु परिरहेको जनाए । कर्णाली प्रदेशलाई जनसंख्याको आधारमा मात्र नभई  क्षेत्रफलसँगै भौगोलिक जटिलताका आधारमा हेर्नुपर्ने मागसहित संघीय सरकारसँग क्षतिपूर्तिका लागि दवाव दिईरहेको उनको भनाइ थियो ।

कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी, प्रदेशका मुख्यसचिव चूडामणि पौडेल, सचिव आनन्द सारुलगायतले कर्णाली प्रदेश सरकारले पछिल्लो तीन महिनामा गरेका गतिविधि तथा विकास निर्माणको प्रगति बारेमा जानकारी दिएका थिए ।

Translate »