फलामे गेट खुट्टामा खसेर उद्योग तथा उपभोक्ता हितसंरक्षण कार्यालय प्रमुख नृपजंग शाही घाइते

दैलेख । हाम्रा सरकारी भौतिक संरचना त्यति भरपर्दा छैनन् भन्ने गुनासो देशैभर हुन्छ । त्यसैमा कर्णाली प्रदेश भित्रका सरकारी संरचनाको अवस्था झनै खतरनाक छन् भन्ने कुरा बुधबार दैलेखमा पुष्टि भएको छ ।

भौतिक पूर्वाधार निर्माणमा पर्याप्त सुरक्षा सतर्कता नअपनाउँदा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको मुख्य फलामे गेट एक्कासी आफै खसेर कार्यालय प्रमुख नृपजंग शाही घाइते भएका छन् ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय भवनको मुख्य फलामे गेट निर्माणमा पर्याप्त सुुरक्षा सावधानी नअपनाउँदा हेलचक्र्याइँकै कारण नवनियुक्त कार्यालय प्रमुख शाही दुर्घटनामा परेका हुन् ।

उद्योग तथा उपभोक्ता हितसंरक्षण कार्यालय सल्यानबाट सरुवा भएर सोमबार मात्र दैलेख कार्यालयमा हाजिर भएका शाही बुधबार विहानै कार्यालय भवनबाट बाहिर निस्कदै गर्दा कार्यालयको मुख्य फलामे गेट उनको बायाँ खुट्टामा खस्दा घुडामुनिको भागमा गम्भिर चोट लागेर अहिले सुर्खेत स्थित कर्णाली केयर अस्पतालमा उपचारत छन् ।

उनको उपचारमा संलग्न चिकित्सकका अनुसार खुट्टाको बुढी औला पूर्णरुपले भाँच्चिएको छ भने घुडामुनिको भागमा गम्भिर चोट पुगेको छ । शाहीलाई अब कम्तिमा दुई महिना पूर्ण आराम लिनु पर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सले बताएका छन् ।

दैलेखमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित कर्णाली केयर अस्पतालमा भाँच्चिएको खुट्टाको शल्यक्रिया भएको शाहीका पारिवारिक स्रोतले बताएको छ ।

दशैको मुखैमा कत्वर्यपालनाका क्रममा कार्यालय भवनको फलामे गेट खुट्टामा खसेर घाइते भएका शाहीको परिवारलाई अस्पतालको बसाईले कष्ठकर बनाएको छ । साढे चार वर्ष उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानमा उत्कृष्ठ कार्य गरे वापत गत वर्ष नेपाल सरकारबाट राष्ट्रिय सम्मानबाट विभुषित शाही दैलेख कार्यालयमा सरुवा भएको तीन दिनमै घाइते भएका हुन् ।

कत्वर्यपालनाका क्रममा घाइते भएका राष्ट्रसेवक शाहीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कर्णाली प्रदेश सरकारले उनको उपचारमा कुनै कसर बाँकी नछोड्न कर्मचारी संघसंस्थाका नेताहरुले आग्रह गरेका छन् । शाही नेपाल निजामति कर्मचारी युनियनका निवर्तमान केन्द्रिय उपाध्यक्ष समेत हुन् ।

Translate »