बाँके कारागारका एक कैदीबन्दीको मृत्यु


नेपालगन्ज । बाँके कारागारमा कैदीबन्दीको मृत्यु भएको छ । कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका–१० का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको हो ।

कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्याएको केहीबेरमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाले बताए ।
कामी लामो समयदेखि अस्वस्थ रहेको र उच्च रक्तचापको नियमित औषधि खाँदै आएका थिए । जबर्जस्ती करणी मुद्दामा उनी २०७६ साउन २६ गते जिल्ला कारागार बाँकेमा कैद भुक्तान गरिरहेका थिए ।

