सल्यानबाट २४ करोडको ताजा तरकारी तथा फलफूल निकासी

सल्यान । सल्यानबाट चार महिनाको अवधिमा २४ करोड बढीको ताजा तरकारी तथा फलफूल निकासी भएको छ ।
असार १ गतेदेखि असोज मसान्तसम्म २४ करोड २९ लाख २६ हजार ४ सय ७ रुपैयाँको ताजा तरकारी तथा फलफूल जिल्ला बाहिर निकासी भएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ ।
चार महिनाको बिचमा ४० लाख ६९ हजार ४ सय ४३ किलो ताजा तरकारी, ८५ हजार ६ सय ३९ किलो अदुवा र ७४ हजार ९६ किलो फलफूल निकासी भएको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिए ।

उनका अनुसार १२ लाख ३३ हजार ९ सय ५० किलो टमाटर बिक्रीबाट ७ करोड ७० लाख ६७ हजार १ सय २६, ७ लाख ९३ हजार ७ सय ८२ किलो बन्दा गोभीबाट २ करोड ९६ हजार ९ सय ५, ५ लाख ६३ हजार ४५ किलो काउलीबाट ३ करोड १७ लाख ६६ हजार ७ सय ७२, ३ लाख ४७ हजार ५ सय २१ किलो भेडे खुर्सानीबाट २ करोड ५८ लाख ७९ हजार ३ सय ८२, १ लाख ८ हजार ६ सय ९४ किलो हरियो मोटो खुर्सानीबाट ७४ लाख ५५ हजार ३ सय २१, ८८ हजार ४ सय ८८ किलो हरियो मसिनो खुर्सानीबाट ५८ लाख ४० हजार ८ सय ५५, ५३ हजार २ सय २ किलो मछे खुर्सानीबाट ३१ लाख २१ हजार ५ सय ५८ रुपैयाँ भित्रिएको छ ।
यस्तै ३१ हजार ८ सय ९७ किलो अकबरे खुर्सानीबाट ३३ लाख २ हजार ३ सय ५३, १ लाख ७० हजार ७ सय ९६ किलो काँक्रोबाट ६१ लाख १५ हजार २ सय ८४, ९८ हजार ३ सय ९९ किलो लोकल काँक्रोबाट ६१ लाख १३ हजार १ सय ४७, ३२ हजार ८ सय ७५ किलो मुलाबाट १२ लाख ६४ हजार ३ सय ३९, ५९ हजार १ सय ७८ किलो पुरानो अदुवाबाट ८ करोड २७ लाख ५ सय १ सय ५१, २६ हजार ४ सय ६१ किलो नयाँ अदुवाबाट १६ लाख ९ सय ५ सय ४४, १७ हजार ६ सय ४६ किलो सागबाट १४ लाख १८ हजार ३ सय १५,, १७ हजार ३ सय ९८ किलो धनियाँबाट १५ लाख ६३ हजार २४ रुपैयाँ, १७ हजार २ सय ६ किलो नासपतीबाट २६ लाख २ हजार ७ सय ७० रुपैयाँ, १६ हजार ६ सय ८८ किलो आँपबाट ५८ लाख १ हजार ५ सय ६० रुपैयाँ, ३८ हजार ९ सय ६२ किलो कागतीबाट २६ लाख ३१ हजार २ सय ५५ रुपैयाँ भित्रिएको छ ।
त्यस्तै १ हजार २ सय ४० किलो अमिलोबाट २० हजार ९ सय ९ हजार ५ सय ५५ किलो इस्कुसबाट १५ लाख २ हजार ८ सय ५०, ८ हजार ६ सय २० किलो फर्सीबाट १६ लाख ६ हजार ५ सय ७५ रुपैयाँ, १२ हजार १ सय ६६ किलो भान्टाबाट ४७ लाख १ सय ८५ रुपैयाँ, १२ हजार ९ सय ९३ किलो तिते करेलाबाट ६३ लाख १ सय ७ सय ३२ रुपैयाँ, ६ हजार ५ सय ९० किलो आलुबाट २४ लाख, ९ हजार ७ सय ३५ किलो लोकल सिमीबाट ७९ लाख ८ हजार ७ सय, ११ हजार ९ सय ४० किलो राजमा सिमीबाट २ करोड ५ हजार ९ सय ७० रुपैयाँ, १ हजार ५ सय ८० किलो लसुनबाट १२ लाख ६४ हजार रुपैयाँ र ५ हजार ४ सय ६५ किलो चुच्चे करेलाबाट ४२ लाख ३ हजार ७ सय ५० रुपैयाँ भित्रिएको छ ।
सल्यानमा उत्पादन भएको बेमौसमी तरकारी विशेष गरी, दाङ, बुटवल, पोखरा, नेपालगञ्ज, धनगढी र काठमाडौंसम्म जाने गर्दछ ।