लायन्स क्लब अफ सुर्खेत बुलबुलेद्वारा शुभकामना आदान प्रदान


सुर्खेत । लायन्स क्लब अफ सुर्खेत बुलबुले तथा महायोगि सिद्दबाबा आध्यात्मिक प्रतिष्ठान सुर्खेतले संयुक्तरुपमा बिजयादशमी, दिपावली तथा छठ पर्बको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् । जगतगुरु महायोगी सिद्दबाबा आध्यात्मिक प्रतिष्ठान (शिबशक्तिधाम) पञ्चपुरीको पलैंटेमा आज विशेष कार्यक्रमको आयोजना गरी एकआपसमा बिजयादशमी, दिपावली तथा छठ पर्बको अवसरमा शुभकामना आदानप्रदान गरेका हुन् ।
महायोगि सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान सालकोट शाखाका अध्यक्ष नयाँराम जैशीको अध्यक्षता एबं पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा पञ्चपुरी नगरपालिका २ नम्वर वडाध्यक्ष यामबहादुर विसी, चार नम्वरका वडाध्यक्ष रामप्रसाद अधिकारी, नेकपा एमाले प्रदेश कमिटी सदस्य धर्मराज ढुंगाना, चौकुने एमालेका नेता हरिप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।


शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पञ्चपुरी नगर प्रमुख भण्डारीलगायतले जीवनलाई सफल बनाउन किताबी ज्ञानसँगै धार्मिक आध्यात्मिक ज्ञान पनि महत्वपूर्ण हुने बताए । उनीहरुले असल आचरण र सकारात्मक क्रियाकलाप गर्दै संस्कार हासिल गर्नु आजको आवश्यकता भएको जनाए । शुभकामना आदानप्रदान कार्यक्रममा लायन्स क्लब अफ सुर्खेत बुलबुलेका मार्केटिङ्ग कम्युनिकेशन चेयरपर्सन लायन रेमन्त बिसीलाई दोसल्ला ओढाएर सम्मान गरिएको लायन्स क्लब अफ सुर्खेत बुलबुलेका अध्यक्ष तिलकराम अधिकारीले जानकारी दिए ।


