पैसा लुटेर भागेको लुटेरालाई सुर्खेत प्रहरीले तीन घण्टामै पक्राउ गर्‍यो

सुर्खेत । दशैको दिन सुर्खेतीहरु चाडपर्व मनाउन व्यस्त थिए । चाडपर्वमा मिठाईको माग बढी हुने भएकाले सगरमाथा मिठाई पसलले बुद्धपथको विहानी पुस्तक अगाडि अतिरिक्त पसल खोलेको थियो । मोटरसाइकल चढेर हेल्मेटसहित मिठाई खरिद गर्ने बहाना बनाएर आएको एक लुटेराले मंगलबार सगरमाथा मिठाई पसलको अतिरिक्त पसलबाट रुपैयाँको थैलो नै लुटेर भाग्यो ।

सगरमाथा मिठाई पसलको साउनीले चोर–चोर भन्दाभदै लुटेरा तेजीले मोटरसाइकलमा भाग्यो । आफ्नो दुई लाख रुपैयाँ लुटिएको भन्दै सगरमाथा मिठाई पसलका प्रोपराईटर प्रेमबहादुर बडुवालले जिल्ला प्रहरी कार्यालय पुगे । घटनाबारे मौखिक जानकारी गराए । यस घटनाको जानकारी मौखिक रुपमै जिल्ला प्रहरी अपराध शाखाले सीसी टिभी फुटेजको सहायताले घटनाबारे अनुसन्धान शुरु गर्यो । अनुसन्धानका क्रममा प्रहरीले घटना भएको स्थान वरपरको सिसी टिभी फुटेज हेर्‍यो ।

व्यवसायीले दिएको हुलिया भएको एक व्यक्ति मोटरसाइकलमा चढेर फरार भएको सिसी टिभी फुटेजमा देखियो । लुटेरा खोज्दै हिँडेको प्रहरीले त्यसपछि भने रुपैयाँ लुटिएको साढे तीन घण्टामै पिपिराबाट लुट्न प्रयोग भएको मोटरसाइकलसहित युवराज वलीलाई पक्राउ गर्न सफल भयो ।

सुब्बाकुना प्रहरी ईन्चार्ज पदम बलाएरले लुटेरालाई नियन्त्रयमा लिएर कति रुपैयाँ लुटेको भनेर सोधपुछ गरेपछि उनको साथबाट १८ हजार नगद फेला परेको जानकारी दिए । मिठाई पसलबाट लुटेको थैलो कहाँ राखेका छन् भन्ने बारेमा जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान थालेको छ ।

Translate »