जमुनाहानाका बुधवार राति ८ बजेसम्म बन्द

बाँके ।  नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालगञ्जको जमुनाहा नाका बुधबार एक दिनका लागि बन्द गरिएको छ ।

हिन्दु धर्मावलम्बीहरूले दसैँमा स्थापना गरेका दुर्गा मूर्तिहरू धार्मिक र्‍याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमा पारीका सुरक्षा अधिकारीहरूसँगको सल्लाह र समन्वयमा आज राति ८ बजेसम्मका लागि उक्त नाका बन्द गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।

एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्न लगायतका ढुवानी गर्ने अत्यावश्यक सवारी साधन बाहेक अन्य सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको उनले बताए ।

Translate »