अछाममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

अछाम । अछाम जिल्लाको मङ्गलसेन नगरपालिकामा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मङ्गलसेन नगरपालिका वडा नं १३ बस्तीको बाँउबट्टामा बस्तीबाट मङ्गलसेनतर्फ जाँदै गरेको जीप ब्रेक फेल भई दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा स्थानीय सुके भनेर चिनिने यातायात व्यवसायी दिनेश थापा रहेका छन् । गाडीमा सवार अन्यको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

Translate »