आजदेखि सरकारी कार्यालय खुल्दै

सुर्खेत । दशैंका लागि बिदा भएका सरकारी कार्यालय आज शुक्रबारदेखि खुल्ने भएका छन् ।

६ दिने दशैं बिदा सकिएसँगै आजबाट कार्यालय खुल्न लागेका हुन् । दशैंका अवसरमा फुलपातिदेखि हिजो द्वादशीसम्म ६ दिन सार्वजनिक विदा रहेको थियो । दशैं विदा सकिएसँगै विभिन्न जिल्ला तथा गाउँबाट कर्मथलो फर्कनेहरुको संख्या बढेको छ । दशैंमा सुनसान बनेको सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा दशैं विदाको अन्त्यसँगै चहलपहल बढेको छ ।

आजदेखि सबै सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाहरु खुला रहनेछन् । आज १० बजे कार्यालय आउनेहरु हिजो बिहिबार नै गन्तब्यमा पुगिसकेका छन् । विशेष गरी बसाईसराई,नोकरी र अध्यन लगायत विभिन्न सिलसिलामा आफ्नो पुख्र्यौली थलो बाहिर रहेकाहरु दशैं मनाउँन घर फर्कने गर्दछन् ।

Translate »