चोर समात्न हिँडेका प्रहरीको मोटरसाइकल दुर्घटनामा मृत्यु

बारा । मोटरसाइकल चोर समात्न ड्युटीमा खटिएका एक प्रहरी जवानको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला कन्चनपुर भिमदत्त नगरपालिका वडा नं. ११ घर भई ईलाका प्रहरी कार्यालय निजगढ,बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

शनिबार राती ७ स् ३० बजेको समयमा, निजगढ नगरपालिकाबाट वडा नं. ८ बाट मोटरसाइकल चोरी गरी जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ काँठगाटतर्फ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा चोरको खोजतलास गर्न निस्किएका प्रहरी जवान सुनुवार आफै दुर्घटनामा परेका हुन् ।

चोरको पिछा गरेका सुनारको मोटरसाइकल राती १० स् ३० बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका।१६ ग्रिन लाइट होटल अगाडी दुर्घटना परेको प्रहरीको भनाई छ ।

सुनारले चलाएको ज.१२.प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उहाँको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका थिए । दुर्घटनामा घाइते प्रहरी जवान सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकी थप उपचारको लागी एलएस न्युरो अस्पतालमा लगिएकोमा उपचारको क्रममा राती १२ः१५ बजे मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले बताए । रेडियो नेपाल

Translate »