खेतमा गाडिएको अवस्थामा बेपत्ता भएकी किशोरीको शव फेला

बाँके । बाँकेको डुडुवा गाउँपालिका १ बस्ने एक किशोरीको रहस्यमय मृत्यु भएको छ । यही सोमबारदेखि बेपत्ता स्थानीय श्यामलाल हरिजनकी छोरी १२ वर्षीया रिता हरिजनको मङ्गलवार शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो ।

बाँके प्रहरीका अनुसार, ट्याक्टरले खेत जोत्ने क्रममा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले ट्याक्टर चालकलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

डुडुवा गाउँपालिका १ टेपरीस्थित खेतमा गाडिएको अवस्थामा किशोरीको शव फेला परेको हो । बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार किशोरीको हत्या आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

Translate »