बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु


बाँके । मधुवन नगरपालिका ५ शक्तिपुरस्थित चिरोटे सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलालाई बाघले आक्रमण गर्दा ज्यान गएको छ ।
मृत्यु हुनेमा मधुवन नगरपालिका ‐५, शक्तिपुर गाउँकी २८ बर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीका अनुसार शुक्रबार दिउँसो नजिकैको चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएका बेला डाँगीलाई बाघले आक्रमण गरेको थियो ।
मृतक डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको जनाएको छ ।
खाता जैविक मार्गमा विगत चार वर्ष यता १५ जनाको ज्यान गइसकेको छ ।

