जाजरकोटमा भुकम्प, रुकुममा एकै परिवारका ६ सहित १० जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पमा परी एकजनाको मृत्युको विवरण आएको र अरु पूर्ण विवरण आउन बाँकी रहेको बताए । ।

उनले सदरमुकाममा कम्तीमा १५ देखि २० घरमा क्षति भएको विवरण आइसकेको बताए ।

चौरजहारी नगरपालिका-७ खत्री गाउँमा भूकम्पले घर भत्किदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पताल पठाइएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ स्यानीबर्खुमा २ जना र ठूलीबार्खुमा २ जनाको ज्यान गएको स्थानीय दलजित सेर्पालीले बताए । उनले कयौं घरहरु भत्किएको र धेरैजनाको हताहती भएको हुनसक्ने उनले आशंका गरे । तर मध्यराती भएकाले क्षतिको विवरण आधिकारिक प्राप्त हुन सकिरहेको छैन ।

कर्णाली प्रदेशका डिआईजी भिमप्रसाद ढकालले जाजरकोट सदरमुकाममा पर्खाल भत्किँदा प्रहरी सहायक निरिक्षक यमराज रोकाय घाईते भएको बताए । उनले अन्य भौतिक र मानवीय क्षतिको पूर्ण विवरण संकलनको काम भईरहेको बताए ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीबजारमा तीन घरमा पूर्ण क्षति पुगेको स्थानीय बसन्त चन्द ठकुरीले बताए । त्रिवेणी गाउँपालिकाको मुरुडाँडामा सातवटा घरमा पूर्ण क्षती भएको स्थानिय आनन्द पुनले बताए । पुनले भत्किएका घरमा एकजना मान्छे च्यापिएको बताए ।

कालिकोट संवाददाताका अनुसार शुभकालीका गाउँपालिका ७ मुग्राहका गजेन्द्रबहादुर शाहीको घर भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए । जाजरकोटको जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी हरिशचन्द्र शर्माका अनुसार बारेकोट गाउँपालिका रामेडाँडामा केही घरहरु भत्किएको विवरण आएपछि पूर्ण विवरण आउन बाँकी रहेको बताए ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीबजारमा तीन घरमा पुर्ण क्षती पुगेको स्थानिय बसन्त चन्द ठकुरीले बताए । त्रिवेणी गाउंपालिकाको मुरुडाडामा सातवटा घरमा पुर्ण क्षति भएको स्थानीय आनन्द पुनले बताए । पुनले भत्किएका घरमा एकजना मान्छे च्यापिएको बताए ।

जाजरकोट प्रहरीद्वारा उद्दारमा खटिन अनुरोध

जाजरकोट प्रहरीले उद्दारमा खटिनका लागि सबैमा अनुरोध गरेको छ । प्रहरीले १७ गते राति अन्दाजी ११स्४६ तिर जाजरकोट केन्द्रविन्दु भै आएको भूकम्पले भैतिक तथा मानवीय क्षति हुनसक्ने उच्च सम्भावना रहेकोले जाजरकोट जिल्लाका विभिन्न सरोकारवाला निकायहरू राहत तथा खोज उद्धारका लागि खटिनुहुन अनुरोध छ भन्दै सूचना जारी गरेको छ । साथै पराकम्पनको सम्भावना समेत रहेकोले सबै सुरक्षित स्थानमा रहन र तत्काल उद्धारको आवश्यकता भएमा जिल्ला प्रशासन कार्यालय जाजरकोट र नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

प्रहरीले उद्दारका जानकारीका लागि ९८५८०७७३३३, ९८५८०५७१९०,९८६८९३६६७८, ९८४८१२२५८४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । इकान्तिपुर

Translate »