कोशीमा एमाले प्रतिपक्षमा, विश्वासको मत फिर्ता नलिने

विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको संसदीय संसदीयदलको बैठकले कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरेको हो ।

बैठकले सरकारलाई दिएको विश्वासको मतहाललाई कायमै राख्ने र विपक्षमा बस्ने निर्णय गरेको नेकपा एमाले संसदीयदलका उपनेता रामबहादुर रानाले जानकारी दिए ।

यस्तै बजेट अध्यादेश स्वीकृत गर्ने, भूकम्प पीडितलाई पारिश्रमिकबाट कट्टाहुने गरी राहत रकम उपलब्ध गराउने लगायतका निर्णय गरेको उप नेता रानाले जानकारी दिए ।

Translate »