जाजरकोटमा फेरि ५.८ रेक्टरको भूकम्पको धक्का

सुर्खेत । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ । आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

जाजरकोटका छिमेकी जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले जनाएका छन् ।

यसअघि गत शुक्रवार राति ११स्४७ बजे जाजरकोट केन्द्रविन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १५७ भन्दा बढीको ज्यान गइसकेको छ भने थुप्रै घरहरू क्षतिग्रस्त बनेका छन् ।

Translate »