भैवरस्थानमा वडा स्तरीय लालटिन समूह गठन

वीरेन्द्रनगर । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा वडा स्तरीय लालटिन समूह गठन गरिएको छ । ‘कर्णालीमा लागु औषध विरुद्ध लालटिन अभियान–२०८०’ अन्तगर्त आज वीरेन्द्रनगर–४ भैरवस्थानमा वडाध्यक्ष शेरबहादुर केसीको संयोजकत्वमा ११ सदस्यी लालटिन समूह गठन गरिएको हो ।
समूहको सदस्यमा ४ नम्वर वडाका चारै जना वडा सदस्यहरु, संस्थागत र सामुदायिक विद्यालयबाट एक÷एक जना, स्थानीय बुद्धिजीविबाट एक जना, स्थानीय पत्रकारबाट एक जना, स्थानीय प्रहरीबाट एक जना र वडा सचिवलाई सदस्य सचिवका रुपमा भेलाबाट मनोनित गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सिर्जना पुरीले जानकारी दिईन् ।

उनले लागुऔषध दुर्व्यसन न्यूनिकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम गरी उक्त समूह गठन गरिएको बताईन् ।
उनका अनुसार समूहमा वडासदस्यहरु टीका घले, डम्मर नेपाली रामकृष्ण दमाई, अमरबहादुर कार्की, बुद्धिजीविका तर्फबाट मनिराम भण्डारी, सामुदायिक विद्यालयका तर्फबाट गोपालबहादुर शाही, संस्थागत विद्यालयका तर्फबाट राजेन्द्र शर्मा खनाल, स्थानीय पत्रकारका तर्फबाट ललित बसेल, स्थानीय प्रहरीका तर्फबाट दिपकबहादुर विष्ट एवं सदस्य सचिवमा प्रविणताकुमारी बस्नेत रहेका छन् ।
समूह गठन पछि वडा नम्वर ४, क्षेत्रमा लागुऔषध दुव्र्यसन न्यूनिकरणमा टेवा पुग्ने अपेक्षा राखिएको छ ।