रहिनन् कलाकार दिपाशा बीसी

काठमाडौं । कलाकार दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बेलुकी थापाथलीस्थित नर्भिक पुर्‍याइएकी उनलाई बिहीबार अस्पतालले मृत घोषणा गरेको हो  ।

शरीरमा औषधीको मात्रा धेरै देखाइएको कारण देखाउँदै अस्पतालले मृत घोषणा गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जनाइन् ।

अध्यक्ष मगरका अनुसार बीसीले प्रतिष्ठानको ८ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा चुनाव लडेकी थिइन् । कलाकार बीसीले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । ई–कान्तिपुर ।

Translate »