विद्यालयमा भान्साघर कार्यक्रम सञ्चालन

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाका १० वटा विद्यालयमा भान्साघर कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रम अन्तर्गत विद्यालयमा भान्सा घर र बालमैत्री हात धुने धारा निर्माण सुरु भएका छन् । संरचना निर्माणका लागि १० विद्यालय छनौट गरिएको छ ।

सो कार्यक्रम विश्व खाद्य कार्यक्रमका संयोजक डा. दीपक गौतमले पालिका अध्यक्ष गोविन्दप्रसाद थपलियालाई हस्तान्तरण गरे । सो कार्यको कुल लागत  १ करोड २९ लाख ६७ हजार ७ सय १३ रुपैयाँ रहेको छ ।  अन्नपूर्ण पोष्ट

 

Translate »