एकल महिलाद्वारा भूकम्प पीडित महिला तथा बालबालिकालाई न्यानो कपडा सहयोग

सुर्खेत । मानव अधिकारका लागि महिला (एकल महिला समूह) कर्णाली प्रदेशले सुर्खेत स्थित प्रदेश अस्पतालमा उपचारत भूकम्पका घाईते महिला तथा बालबालिकालाई न्यायो कपडा सहयोग गरेको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई यही कात्तिक १७ गते गएको भूकम्पमा परी गम्भीर घाइते भई प्रदेश अस्पतालमा उपचारत जाजरकोट र रुकुम पश्चिमका १० जना महिला तथा बालबालिकाहरुलाई न्यायो कपडा सहयोग गरिएको एकल महिला समूह कर्णालीका अध्यक्ष रामकुमारी थापाले जानकारी दिईन् ।

उनले मानव अधिकारका लागि महिला (एकल महिला समूह) केन्द्रीय समितिले भूकम्पपीडितलाई घटनास्थल जाजरकोट र रुकुम पश्चिम पुगेर राहत वितरण गरिएको बताईन् ।

जाडोको मौषममा भूकम्प पीडितलाई न्यानो कपडाले केही राहत पुग्ने उनको विश्वास थियो ।

Translate »