मुगु सामूहिक हत्या प्रकरण : १५ दिनपछि अभियुक्त सार्वजनिक


मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरि भएको सामूहिक हत्या प्रकरणका अभियुक्त हत्या भएको १५ दिन पछि सार्वजनिक गरिएको छ ।
हत्यारा छायानाथ रारा नगरपालिका–७ पिना गाउँका ३१ वर्षीय काले भनिने गोर्खबहादुर शाही र सोही नगरपालिका वडा नं ६ मुन्दु गाउँका ३१ वर्षीय गोपाल बोहोरालाई आज प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मुगुमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको हो ।
कर्णाली प्रदेश प्रहरी प्रमुख ९डिआइजी० भिम प्रसाद ढकालले घट्नामा सङ्लग्न दोषीहरू लाई सार्वजनिक गर्दै पुरानो रिसिइबी र धनमाल लुटपाट गर्नका साथै वैदेशिक रोजगारमा जान मृतकका श्रीमानले अभियुक्त गोपाललाई सहयोग नगरेकोले २०८० जेठमा हत्याको योजना बनाई कार्तिक ८ गते राति आमासहित चार जनाको हत्या गरेको अभियुक्तहरूले स्वीकारेको जानकारी दिए ।

हत्या पश्चात् घरमा ताला लगाई शाही जुम्ला र मुगुको सिमाना भुलभुले सम्म पैदल हिँडेर बस चढेर सुर्खेत पुगेका थिए भने अर्का अभियुक्त बोहोरा घरमै थिए । निजहरूलाई केही दिन अघि शाहीलाई सुर्खेत र बोहरालाई घटनास्थल मुन्दुबाटै पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
बोहरा मृतकका नातेदार हुन भने शाही छिमेकी गाउँका रहेका थिए । घट्नाको मुख्य अभियुक्त पत्ता लागे पनि घट्नाको अनुसन्धान जारी नै रहेको प्रहरी प्रमुख ढकालले जनाए ।


