चिसोले जाजरकोटमा दुई जना वृद्धको मृत्यु


जाजरकोट । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२, का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४, जिरीका नरेन्द्रबहादुर सिंहको चिसोका कारण मृत्यु भएको हो ।

कार्की र सिंह दुवै दमका रोगी थिए । कार्कीको मंगलबार र सिंहको बुधबार ज्यान गएको स्थानीयले बताएका छन् । भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजार बढी परिवार घरवार त्रिपालमुनि बस्दै आएका छन् ।
त्रिपालमुनिको बसाईले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका हुन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड–४, मा चिसोका कारण दुई जना दीर्घरोगीको ज्यान गएको थियो । अन्नपूर्ण पोष्ट

