नेपालले बंगलादेशलाई हराउँदै डोरीतानको उपाधि जितेपछि कर्णाली उत्साहित

सुर्खेत । नेपालले बंगलादेशलाई हराउँदै डोरीतानको उपाधि जितेपछि कर्णालीका खेलाडीहरु उत्साहित भएका छन् । गत कार्तिक २४ र २५ गते बंगलादेशको राजधानी ढाकामा सम्पन्न नेपाल–बंगलादेश डोरीतान फ्रेण्डसीप टुनामेन्टको उपाधि नेपालले बंगलादेशलाई हराउँदै जीतेपछि कर्णालीका खेलाडी उत्साहित भएका हुन् ।

नेपाल डोरीतान संघ कर्णाली प्रदेशले आज सुर्खेत वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी बंगलादेश डोरीतान संघ (ढाका क्लवले आयोजना गरेको प्रतियोगितामा नेपालले शानदार प्रर्दशन गर्दै उपाधि हात पारेपछि अहिले प्रदेश भरी डोरीतान खेलको विस्तार गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा कर्णालीबाट सहभागि अधिकांस डोरीतानका राष्ट्रिय खेलाडीहरुले उत्कृष्ठ प्रर्दशन गर्दै नेपाल–बंगलादेश डोरीतान फ्रेण्डसीप टुनामेन्टको उपाधि जित्न सफल भएको संघका प्रदेश अध्यक्ष नैनसिंह खत्रीले जानकारी दिए । उनले नेपाल–बंगलादेशका ६ टीम सहभागि फ्रेण्डसीप टुनामेन्टमा नेपालका तीन वटै टीमले उत्कृष्ठ प्रर्दशन गर्दै उपाधि हात पारेको बताए ।

‘अब हामी उपाधि हात पारेसँगै कर्णालीमा डोरीतान खेललाई व्यापाक विस्तार गर्नमा जुटेका छौं,’ उनले भने, ‘विश्वभर करिब ७० भन्दा बढी देशहरुमा खेलिने डोरीतान खेल अब नेपाली माँझ पनि लोकप्रिय बन्दै गईरहेको छ ।’ उनले हालसम्म कर्णालीका ६ जिल्लामा डोरीतान संघ गठन भई प्रदेशका सबै जिल्लामा हुने राष्ट्रपति टुनामेन्टमा डोरीतान खेल शामिल गराईने योजना रहेको जनाए ।

संघ गठन गर्न बाँकी प्रदेशका ४ जिल्लामा समेत तयारी भईरहेको उहाँको भनाइ थियो । बंगलादेशलाई पराजीत गर्ने टोलीमा कर्णालीका चर्चित डोरीतान खेलाडी बलबहादुर खत्री, निर्मल विष्ट, तेजबहादुर सिंह, भूपेन्द्र पोखरेल, दुर्गबहादुर थापा, रमेश शर्मा, जगत महतारा, भानुभक्त खड्का, तेजबहादुर खड्का, रविन्द चन्दको सहभागिता रहेको थियो ।

टीमकोच हरिलाल खड्का, टीम म्यानेजर दिलमाया थापा तथा अफियलतर्फ नैनसिंह खत्री, धिरेन्द्रप्रसाद शर्मा, शान्ति सिंह, हिरा खत्री, सूर्य भट्टराई र प्रभुनारायण सिवाकोटी लगायत ३३ जनाको सहभागिता थियो ।

Translate »