बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु

बाँके । बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–१ का पूर्ण लम्सालले आफ्नो माछापोखरीमा राखेको करेन्ट लागि सविन रानाको मृत्यु भएको हो । माछा चोरी हुने गरेपछि लम्सालले पोखरी वरिपरि करेन्ट फिट गरेका थिए । जालसहित पोखरीमा गएका रानालाई त्यही करेन्ट लागेको हो ।

रानासँग अर्को एक जना पनि गएको खुलेको छ । घटना बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Translate »