झडपपछि सामान्य बन्दै बल्खुको प्रदर्शन

काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शन झडपपछि सामान्य बन्दै गएको छ ।  काठमाडौंको बल्खुबाट सुरु भएको प्रदर्शनमा नेकपा एमालेनिकट संगठन युवा संघ नेपालका कार्यकर्ता र प्रसाईंका अभियानकारीबीच झडप भएको थियो ।

बाक्लो संख्यामा उपस्थित सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनसँगै बल्खुको प्रदर्शन शान्तिपूर्ण बनेको छ।  प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेपछि युवा संघले तीनकुनेमा र प्रसाईंको अभियानले बल्खुमा प्रदर्शन गरेका हुन्।

Translate »