अदुवाको मूल्यले किसानलाई राहत

सल्यान । विगत केही वर्षदेखि अदुवाले मूल्य नपाएपछि निरुत्साहित बनेका सल्यानका किसान यस वर्ष भने मूल्य पाएपछि हर्षित भएका छन् । विगतका तुलनामा यस वर्ष उचित मूल्य पाएपछि अदुवा कृषक खुशी भएका हुन ।

गर्त वर्ष २० रुपैयाँ किलोसम्म बिक्री नभएको अदुवा यो वर्ष ५० देखि ७५ रुपैयाँ किलोसम्म बिक्री भएपछि केही यो वर्ष केही राहत मिलेको बागचौर नगरपालिका ७ दहगाँउका दिपेश डिसीले बताए । उनले भने, ‘विगतका वर्षमा अदुवाको भाउ नआएपछि कमै किसानले मात्र अदुवा रोपेका थिए, तर यस वर्ष राम्रै मूल्य पाएका छौं।’

झन्डै ६ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आउनु भएको डिसीले यो वर्ष मात्र १ लाख ५० लाख बढीको अदुवा बिक्री गरी सक्नु भएको छ । बारीबाट नै यसवर्ष नयाँ अदुवा ५० रुपैयाँ किलो बिक्री भएको उनले बताए ।

दहगाउँकै महेन्द्रराज खड्काले पनि यस वर्ष नयाँ र पुरानो गरी ६२ क्विन्टल अदुवा बिक्री गरेको बताए । ४ रोपनीमा खेती गर्नु भएका खड्काले यस वर्ष बिउ निकालेको ५५ र बिउ ननिकालेको ७५ रुपैयाँ किलोका दरले बिक्री भएको बताए । उनले भने, ‘पोहोरसम्म भएको अदुवा पनि कसलाई दिऊ भन्ने हुन्थ्यो यस वर्ष पनि बिक्री हुँदैन कि भनेर थोरै लगाइयो तर राम्रो मूल्य पायो ।’

यसवर्ष किसानले अदुवामा गरेको लगानी अनुसार प्रतिफल निकालेको उनको भनाई छ । लगानी धेरै तर प्रतिफल निकै कम थियो तर यसपालि के भएर हो अदुवाले राम्रो मूल्य पाउँदा लगानी उठेको छ उनले भने ।

लगानी उठ्ने भन्दै अदुवा लगाउने किसानहरूको सङ्ख्या घट्दै जाँदा यस वर्ष भने राहत मिल्ने मूल्य पाएको अर्का किसान गणेश कुमार वलीले बताए । दुई रोपनी क्षेत्रफलमा अदुवा खेती गर्नु भएका उनले यस वर्ष गत वर्षको भन्दा मूल्य उच्च छ ।

सल्यानमा १ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा २५ हजार ८ सय बढी अदुवा उत्पादन हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

Translate »