अस्ट्रेलियादेखि अमेरिकासम्म पुग्छ नेपाली अचार, ६० प्रतिशत निर्यात अस्ट्रेलियामै

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ४ महीनामा ४ करोड १८ लाख ५ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार उक्त मूल्यको ५३ हजार १०३ किलोग्राम अचार निर्यात गरेको हो ।
गत वर्षको सोही अवधिमा नेपालले ३ करोड ९ लाख ५३ हजार रुपैयाँको ५५ हजार १४४ किलोग्राम अचार निर्यात गरेको थियो । गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सो अवधिमा अचार निर्यात परिमाणमा ३ प्रतिशत घटेको छ भने मूल्यमा ३० प्रतिशतले बढेको छ ।
नेपालले अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चीन, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम (संयुक्त अधिराज्य), संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा आचार निर्यात गर्दै आएको छ ।

नेपालबाट सबैभन्दा धेरै अचार निर्यात हुने देशमा अस्ट्रेलिया छ । नेपाली अचारको ६० प्रतिशत हिस्सा अस्ट्रेलिया छ ।
पछिल्लो ४ महीनामा नेपालले अमेरिकामा २ करोड ५२ लाख ६५ हजार रुपैयाँको ३३ हजार १७३ किलोग्राम अचार निर्यात गरेको छ । (आर्थिक अभियान)