विमानस्थलबाट करिब १४ किलो सुनसहित घले पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् ।

फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई बिहीबार राती प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता डिआइजी कबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुनसहित जहाजबाट अवतरण हुनेक्रममा पक्राउ परेका हुन् ।

घले फ्लाइ दुबईको फ्लाइटबाट काठमाडौं उत्रेका थिए । डिआइजी कडायतका अनुसार सुनसहित पक्राउ परेका व्यक्ति भन्सार विभागलाई थप कारवाहीका लागि बुझाई सकिएको जनाएको छ । घलेले सुनको प्लेट बनाएर शरिरमा लुकाएर सुन ल्याएका थिए ।

Translate »