नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव


यस मंसिरमा धेरै युवायुवती विवाह बन्धनमा बाँधिए । र, यो क्रम माघ, फागुनमा पनि जारी हुनेछ किनकि ती महिनामा पनि विवाहका लगन धेरै हुन्छन् । यसरी मंसिरमा जोडी बाँधिनेहरु हाल हनिमुन पिरियड ९मधुमास०मा व्यस्त छन् । त्यसो त नेपालमा पनि बिस्तारै विभिन्न ठाउँमा हनिमुन मनाउन जानेहरुको संख्या बढ्दो छ ।
हनिमुन भन्ने बित्तिकै खाली यौनसँग सम्बद्ध कुरा मात्र सोचिन्छ, जुन गलत हो । प्रेम विवाह गरेकाले भन्दा मागी विवाह गरेकाहरुले यस अवधिमा अझ बढी एकाअर्कालाई बुझ्ने मौका मिल्छ । हनिमुन अवधिमा कहीं घुम्न निस्केको खण्डमा जीवनभर एउटा मीठो सम्झना रहिरहन्छ ।
तर हनिमुनका बेला आइपर्ने यौन स्वास्थ्य समस्या एवं यसका समाधान र सुरक्षित यौनका उपाय थाहा पाइराख्नु राम्रो हुन्छ । यौनको मामिलामा नवजोडी विशेषतः पुरुषको उत्ताउलो व्यवहार देखाउन र यौनसम्पर्क राख्न हतारिनु हुँदैन । दैनिक रुपमा एकैपटक यौनकार्यमा लाग्नु भन्दा यौनकार्य अघि गर्न सकिने कतिपय यौन उत्तेजनाका पक्षबारे जानकारी राख्नु राम्रो हुन्छ ।
यौनसम्पर्क अगाडि भेज–ननभेज जोक भन्ने सुन्ने, यौनजन्य शारीरिक अंगहरु चलाउने कार्य गर्न सकिन्छ । यौनकार्यमा मद्दत पुग्ने हुनाले दम्पतीले नै हल्का मद्यपान चाहिं गर्नु राम्रै हुन्छ । तर सुरक्षाको दृष्टिले अर्थात् आफ्नो श्रीमतीलाई सुरक्षा प्रदान गर्नुपर्ने हुनाले मात्ने गरेर चाहिं मद्यपान गर्नुहुँदैन । पसिना एवं शारीरिक गन्ध हटाउन परफ्युमको प्रयोग गर्न सकिन्छ ।
किशोरी अवस्थामा साइकल चढ्ने, बाइक चढ्ने, घोडा चढ्ने सिक्ने क्रममा योनीद्वारमा हुने झिल्ली ९हाइमेन० सजिलै च्यातिन सक्ने हुनाले पहिलोपटकको यौनसम्बन्धमा योनीद्वारमा हुने झिल्ली ९हाइमेन० छ, छैनको भरमा कुमारीत्व भंग भएको विषयलाई लिएर दम्पतीबीच मनमुटाव हुनु हुँदैन । त्यसैगरी कतिपय लोग्नेमान्छेमा छिटो वीर्य स्खलन हुने समस्या हुन सक्छ, जसलाई शीघ्र पतन अर्थात् शीघ्र वीर्य स्खलन भनिन्छ । मानसिक कारणले यो समस्या भएको हुन सक्छ ।
माथि उल्लेख गरे झैं यौनसम्पर्कपूर्वका कार्यहरु गरेको खण्डमा आत्मविश्वास बढ्न गई शीघ्र पतन समस्याबाट छुटकारा पाउन सकिन्छ । साथै यौनकार्यको निकै समय अगाडि त्यससम्बन्धी सोचमा नडुब्ने, यौनसम्पर्कको क्रममा यौन कार्य रोक्ने तथा सुरु गर्ने, आसन परिवर्तन गर्ने, लिंगको फेद अँठ्याउने, कण्डम प्रयोग गर्ने, मांसपेशीको प्रयोग गर्ने गरेर वीर्य स्खलन नियन्त्रणको अभ्यास गर्ने गर्नुपर्छ ।
यौनसम्पर्क राख्न थालेपछि देखा पर्ने अन्य साधारण समस्याहरुमा पिसाबको पटक(पटक संक्रमण हुनु पनि एक हो । जसलाई मेडिकल भाषामा हनिमुन सिस्टाइटिस ९पिसाब थैलीको संक्रमण० पनि भनिन्छ । साथै सुरुवाती यौनकार्यपछि कुमारी झिल्लीमा चोट पुगेर हल्का रक्तस्राव हुन सक्छ ।

मानिसले प्राप्त गर्नसक्ने सुख वा आनन्दमध्ये सायद यौनकार्यको क्रममा प्राप्त हुने चरमसुख उत्तम कोटीको हो । पुरुषहरुमा चरम सुख अलि चाँडो प्राप्त हुन्छ भने महिलाहरुमा लामो समयको अन्तराल पछि मात्र प्राप्त हुन्छ । यस कुराको हेक्का खासमा पुरुषले राख्नुपर्छ । किनकि नेपालमा अझै पनि शिक्षित तथा आधुनिक युवती नै भए पनि आफू तृप्त भए नभएको कुरा व्यक्त गर्न हिच्किचाउँछन् । यस कुरालाई नजरअन्दाज गरेको खण्डमा तथा हल्का तवरले लिएमा महिलामा बिस्तारै मानसिक समस्या अर्थात् डिप्रेसन ९उदासीपन० देखा पर्न सक्छ ।
कतिपय दम्पतीले विशेषगरी महिला पार्टनरले यौनसम्पर्कका दौरान सामान्यभन्दा बढी पीडा महसुस गर्न सक्छन् । जसलाई मेडिकल भाषामा डिस्परेउनिया भनिन्छ । योनीरस पर्याप्त मात्रामा उत्पादन नभई योनी सुख्खा भएमा, भय वा यौन कार्यको डरको कारणले यौनाङ्ग वरिपरिको मांसपेशी संकुचन भएमा, जीर्ण प्रकारको स्त्री जनेन्द्रिय सम्बन्धी संक्रमण भएमा र महिनावारीपछि सानो पेट ९पाठेघर० वरिपरि रगत जम्ने समस्या ९इन्डोमेट्रिओसिस० भएकामा डिस्परेउनियाको समस्या हुन्छ ।
लिंग नउठ्ने समस्या भएका पुरुष मानिसले यौन उत्तेजना बढाउने खालका औषधिको प्रयोग गर्न सकिन्छ । तर तनावपूर्ण वा डर भएको प्रतिकूल परिस्थितिमा एवं स्थानमा, हतारमा यौनसम्पर्क राख्न खोजे पनि लिंग उत्तेजित नहुने समस्या आईपर्छ, यसबारे हेक्का राख्नुपर्छ । विवाह गरेको एकाध महिना, वर्षमै बच्चा भयो भने थप जिम्मेवारी आई वैवाहिक जीवनको आनन्दमा कमी आउन सक्छ । त्यसैले केही समय विवाहको मज्जा लिनको लागि दम्पतीले विवाहको केही वर्षपछि मात्र बच्चा जन्माउनु राम्रो हुन्छ ।
नवविवाहित जोडीका लागि गर्भ रहन नदिन उचित परिवार नियोजनका साधन कण्डम नै हो । कण्डम नफुटोस् भनेर यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ । तनावपूर्ण वा डरको स्थितिमा एवं यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाबमा कण्डम फुट्न सक्छ । कथंकदाचित कण्डम फुटेमा यौनसम्पर्क कार्य तत्काल रोक्ने, लिङ्ग निकाल्ने, यौनाङ्ग सफा गर्ने, कट्टु फेर्ने गर्नुपर्छ ।
डिम्ब निष्कासन, यौनसम्पर्कको क्रममा वीर्य स्खलन, डिम्ब निषेचन, डिम्ब रोपणले गर्भ रहन्छ भन्ने ज्ञान हुनुपर्छ । त्यसकारण प्रत्येक महिलाको महिनावारी चक्रअनुसार गर्भ रहने अवधि थाहा पाइराख्नुपर्छ । गर्भ रहन सक्ने यस अवधिमा कण्डमको प्रयोग गर्नुपर्छ । बाँकी समयमा कण्डम बिनै पनि खुल्ला रुपमा यौन सम्पर्क राख्न सकिन्छ ।
यी दुवै प्रयास असफल भए पनि आत्तिहाल्नुपर्दैन, किनकि आपतकालीन गर्भबाट छुटकारा पाउन पिल्स चक्कीको प्रयोग गर्न सकिन्छ । यसका लागि पहिलो मात्राको रुपमा यौनसम्पर्कको ७२ घण्टाभित्र चार चक्की पिल्स तथा दोस्रो मात्रा त्यसको १२ घण्टापछि सेवन गर्नुपर्छ ।
यसै कुरालाई मध्यनजर गरी प्रोजेस्टेरोन मात्र भएको पिल्स चक्कीको प्रयोग गर्न सकिन्छ भने असुरक्षित यौनसम्पर्कको पाँच दिनसम्म कपर्टीको प्रयोग गर्न सकिन्छ । त्यसपछि पनि व्यापक तनाव भएमा स्त्री रोग विशेषज्ञसँग सल्लाह परामर्श लिएर पिसाबको जाँच एवं अन्य सुरक्षाका उपाय अवलम्बन गर्न सकिन्छ । (अनलाइन खबर)

