कपुरकोट गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा कर्णाली प्रदेशमै उत्कृष्ट

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा कर्णाली प्रदेशकै उत्कृष्ट भएको छ । स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्यांका र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा कर्णाली प्रदेशमा प्रथम र नेपालमा दोस्रो भएको हो ।

आर्थिक वर्ष २०७९। ०८० को कार्य सम्पादनका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार कर्णाली प्रदेशमा प्रथम र नेपालमा दोस्रो भएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिए । विभिन्न सूचकहरूको मूल्यांकनको आधारमा आर्थिक वर्ष २०७९र०८० मा तय भएका कार्यक्रम र कार्य प्रगतिलाई मूल्यांकनको मुख्य आधार बनाएर प्रत्येक स्थानीय तहहरूलाई १०० पूर्णांकमा निर्धारण गरी विभिन्न शीर्षकहरूमा मूल्यांकन गरिने उनको भनाई छ ।

कपुरकोट गाउँपालिकाले आर्थिक वर्ष २०७९र०८० मा योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१,कार्यान्वयन क्षमता तथा व्यवस्थापन २७ दशमलव ५, लेखांकन तथा प्रतिवेदनमा १७,अनुगमन मूल्यांकन तथा लेखा परीक्षणमा १६ र राजस्व व्यवस्थापनमा १५ दशमलव ५ अंक प्राप्त गरेको छ ।

१०० पूर्णांकको मूल्यांकनमा कपुरकोट गाउँपालिकाले ९७ अंक पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले जानकारी दिए । रेडियो नेपाल

Translate »