करेन्ट लागेर अछाममा एक जनाको मृत्यु

अछाम । करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा जिल्लाको पन्चदेवल विनायक नगरपालिका–५, लयाँटीका प्रकाश बुढा रहेको प्रहरीले जनाएको छ । दैलेखको आठबिस नगरपालिका–४, राकममा एभरेस्ट नेटवर्क इन्टरनेटको काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

हिजो माघ २३ गते इन्टरनेटको काम गर्न विद्युतको पोलमा चढेका प्रकाशलाई करेन्ट लागेको थियो । करेन्ट लागे लगत्तै उपचारका लागि सुर्खेत ल्याउने क्रममा बाटोमै उनको ज्यान गएको उनका आफन्तले जानकारी दिएका छन् ।