कर्मचारी सञ्चय कोषद्वारा ३० जना कर्मचारी माग

 

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ। कोषले शुक्रबार सूचना प्रकाशन गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक एकरएक जना मागेको छ। सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २र२ जना र मधेसीबाट १ जना नियुक्त हुनेछन् ।

त्यस्तै प्रशासनतर्फ १ जना र प्राबिधिकतर्फ १ जना सहायक प्रबन्धक मागिएको छ । पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ। जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २र२ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ भने दरखास्त शुल्क पदअनुसार फरक(फरक निर्धारण गरिएको छ।

Translate »