लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त


दाङ । लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्री बर्खास्त भएका छन् । केन्द्रीय राजनीतिमा आएको फेरवदलका कारण उनीहरुलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री चौधरीले नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेको अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका छन् । मन्त्रीपरिषद्मा रहेका माओवादीका दुई मन्त्रीलाई बर्खास्त गर्दै ती मन्त्रालय स्वयं मुख्यमन्त्री चौधरीले आफुसँगै राखेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

