करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु

दाङ । दाङको मसुरियामा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती गाउँपालिका–३, मसुरियामा विद्युतको तार चुडिएर करेन्ट लाग्दा स्थानीय ५५ वर्षिया दिलसरा केसी र उनका ४ वषिय नाती कृष्ण केसीको मृत्यु भएको हो ।

आज विहान हजुरआमा र नाती घरको आँगनमा उभिएको अवस्थामा वद्युतको तार चुडिएर करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लाग्दा अर्का ६० वर्षिय गोरखबहादुर केसी गम्भिर घाईते भई उपचारका लागि बुटवल लगिएको छ ।

एक्कासी विजुली तार चुडिएर घरको आँगनमा खस्दा करेन्ट लाग्दा दुई जनाको मृत्यु र अर्का एक जना घाईते भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणको हाईटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको हो ।

Translate »