इनार सफा गर्ने क्रममा दुईको मृत्यु

सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगर–११, पिपिरामा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर–११, निवासी ३२ वर्षिय विद्याप्रसाद रेग्मी र ३१ वर्षिय लक्ष्मी कँडेल रहेका छन् ।


वीरेन्द्रनगरको पिपिरास्थित एक घरको इनार सफा गर्ने क्रममा सोमबार दिउँसो इनारभित्र पसेका रेग्मी र कँडेल निस्सासिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले बताए ।

उनका अनुसार इनारमा पसेका उनीहरुको अक्सिजन कम भएर बेहोस भएका थिए । बेहोस भएका दुबैजनालाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पु¥याईएपनि डाक्टरले उनीहरुलाई मृत्त घोषणा गरेका हुन् ।

 

Translate »