प्रहरीले यार्सा लुटने समूहलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक ग-यो

मुगु । गाउँ र यार्सा लुटदै हिडने लुटेरा समूहलाई प्रहरीले अत्याधुनिक हतियारसहित पक्राउ गरि सार्वजनिक गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरि कार्यालय मुगुले लुटेर समूहमा संलग्न ३ जनालाइ सार्वजनिक गरेको हो ।

जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चनेलेख नजिकको पाटनबाट अत्याधुनिक हतियारसहित प्रहरीले ६ जना पक्राउ गरेको थियो । पक्राउ परेका ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेको बताउँदै उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले खोजी कार्य तीव्र पारेको बताए ।

गत जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरु यार्सागुम्बा सकंलन गर्न पाटन तिर गएको मौका छोपि आठ जनाको हतियारधारी समूहले गाउँमा लुटपाट गरेको थिए । लुटेरा समूहले गाउँका २४ वटा घर १ गुम्बाबाट सुन ३५ तोला,चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मुर्ती, रिणिमोक्क्ष माइको मुर्ती, मुगाको माला ९५ तोला, यार्सा, मोवाइल र ५० लाख २५ हजार नगद लुटेको स्थानीयले प्रहरीलाई जाहेरीमा दिएका थिए ।

घटना लगत्तै मुगु जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रकाश सिहको कमाण्डमा खटिएको प्रहरी टोलीले विभिन्न ७ वटा स्थानबाट अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान र खोजतलासमा मुगु प्रहरीले जुम्ला, हुम्ला, कालिकोट र डोल्पाका प्रहरीसङ्ग समन्वय सहकार्य गरी नाकाहरुमा प्रहरी परिचालन गरिएको थियो ।


घटना भएको झण्डै एक महिनापछि गाउँ र यार्सा लुटपाटमा संलग्न आठ जनाको टिम मध्ये प्रहरीले ३ जनालाइ पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक थापाले बताए । प्रहरीका अनुसार यार्सा तथा गाउँ लुटन संलग्न रहेका आठ जनाको टिम जुम्ला जिल्लाकै भएको पृष्टि भएको छ । उनीहरुबाट लुटपाटमा प्रयोग गरिएको अत्याधुनिक हतियार समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल रहेका छन । पक्राउ परेकाहरुबाट प्रहरीले सुनको रिङ्ग २ थान, सुन कै माडुली २ थान जुम्ला प्रहरी मार्फत बरामद) गरेको छ ।

पक्राउ परेका जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका–३, का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा न.–४, का कमल थापाको घटनामा प्रत्यक्ष संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनहरुमा पुगि यो समूहले यार्सा संकलक तथा व्यापारिहरुबाट समेत यार्सागुम्बा लुट्दै आएको थियो ।

लुटेराहरुसङ्ग अत्याधुनिक हतियार कसरी पुग्यो, यो समूहमा अन्य को–को संलग्न छन अनुसन्धान भईरहेको पनि प्रहरीले बताएको छ । गत वर्ष पनि वडा न १ वाङ्री गाउँमा लुटेरा समूह र स्थानीय वीच झगडा भएको थियो त्यो बेला लुटेराहरुले स्थानीयहरुबाट यार्सा लुटेर भागेका थिए भने प्रतिकार गर्ने करिव १ दर्जन स्थानीय घाइते भएका थिए ।

मुगुका २ दर्जन पाटनहरुमा पाइने यार्सागुम्वा लुटन बर्सेनि यो समूह कहिले कुनै पाटन त कहिले कुनै पाटन पुग्ने गरेको र मुगु,डोल्पाका पाटनहरुमा सधै यार्सा लुट्न पुग्ने यहि समूह भएको हुन सक्ने अनुसन्धानले देखाएको समेत प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले आइतवार आयोजित पत्रकार सम्मेलनमा बताए । प्रहरीले आइतबारै मुगु जिल्ला अदालतबाट २० दिन लुटेरा समूहलाइ थुनामा राखी अनुसन्धान गर्न अनुमती लिइसकेको छ ।

Translate »