सुर्खेतमा लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

सुर्खेत । प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले सदरमुकाम वीरेन्द्रनगरबाट लागु औषधसहित ब्राउन सुगरसहित एक महिला र पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर–९, निवासी ३२ वर्षिय सञ्जय केसी र जुम्लाको चन्दननाथ नगरपालिका–७, घर भई हाल वीरेन्द्रनगर–१२ बस्ने २३ बर्षिया राधिका बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार वीरेन्द्रनगर–१२, हरियाली टोलमा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा सुर्खेत प्रहरी र लागुऔषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले केसी र बुढालाई ब्राउनसुगरसहित रंगेहात पक्राउ गरेको हो ।

प्रहरीले केसी र बुढाको शरीर खानतलासी गर्दा शुद्ध ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

उनले रंगेहात पक्राउ परेका केसी र बुढालाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान भईरहेको बताए ।

Translate »