२०८३ कात्तिक २ , आइतबार
Sky News Nepal
October 18, 2026

काठ तस्करीका फरार आरोपी विक पक्राउ




वीरेन्द्रनगर । पश्चिम सुर्खेतको बाबियाचौर प्रहरीले काठ तस्करीका फरार आरोपी  लक्षिराम विकलाई पक्राउ गरेको छ ।

अबैध रुपले वन पैदावार साल जातको गोलिया काठ ओसार पसार गरेको आरोपमा फरार विकलाई एक वर्षपछि उसकै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

ईप्रका बाबियाचौरबाट प्रहरी निरीक्षक विनोद सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले काठ तस्करीका आरोपी विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेत जिल्ला अदालतले २०८० जेठ २ गते काठ तस्करीका आरोपी विकलाई १ लाख १२ हजार १ सय ९० रुपैयाँ विगो तोकेको थियो । अदालतले विगो तोकेकै दिनदेखि फरार विक पश्चिम सुर्खेतमा लामो समयदेखि अबैध काठ ओसार पसार कार्यमा संलग्न रहँदै आएको प्रहरीको दावी छ ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९, घाटगाउँ निवासी विकलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयनका लागि अदालत नै पठाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमबार
Translate »