२०८३ साउन २२ , शुक्रबार
Sky News Nepal
August 7, 2026

भीरबाट लडेर एक जनाको मृत्यु



कालीकोट ।  कालीकोटको पचालझरना गाउँपालिका-९ स्थित तिखाली भीरबाट लडेर एक वृद्धको ज्यान गएको छ ।

पचालझरना गाउँपालिका वडा नम्बर-९ का ६६ वर्षीय धिरबहादुर शाहीकाे मृत्यु भएको हाे । उनी मंगलबार दिउँसो १ बजे पानी कुलोमा काम गर्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा रास्कोटमा उनको मृत्यु भएको हाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मंगलबार
Translate »