नेपाललाई हराउँदै बंगलादेश बन्यो च्याम्पियन

काठमाडौं । नेपाललाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा नेपाललाई २(१ गोलले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।

बंगलादेशले खेलको ५२ औं र ८१ औं मिनेटमा गोल गरेको थियो । पहिलो हाफ बराबरीमा रोकिएको खेल त्यसपछि रोमाञ्चक बनेको थियो । खेलको ५२औं मिनेटमा बंगलादलेशले गोल गर्दै अग्रता लिएको थियो। बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन् । त्यसको तीन मिनेटमै नेपालले गोल फर्काएको थियो । नेपालका लागि अमिशा कार्कीले गोल फर्काएकी थिइन् ।
त्यस्तै खेलको ८१औं मिनेटमा बंगलादेशले शानदार गोल गर्दै जित सुनिश्चित गरेको थियो । बंगलादेशकी रितु पोर्ना चक्माले निर्णायक गोल गरेकी थिइन् ।