सुर्खेतमा खाद्य/दान सम्बन्धि नयाँ ऐन, नियम तथा मापदण्ड बारे अन्तरक्रिया


सुर्खेत । कर्णालीका उद्योगी–व्यवसायीले आयातित वस्तुको व्यापारमा भरपर्नु प्रदेशका व्यवसायीलाई खाद्य तथा दाना सम्बन्धि कानून, ऐन, नियम कार्यान्वयन पूर्व व्यापक सचेतना फैलाउन माग गरेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सु्र्खेतले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको खाद्य÷दान सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारावालाहरुसँग अन्तरक्रिया कार्यक्रमका सहभागी उद्योगी–व्यवसायीले आयातित खाद्य वस्तुहरुमा भेटिने रंगका कारण व्यवसायीले कार्वाही भोग्नु परिरहेको भन्दै व्यवसायीलाई तर्साउने गरी मात्र अनुगमन गर्न नहुने विचार व्यक्त गरेका हुन् ।


उद्योगी–व्यवसायी तथा उपभोक्ताहरुलाई समय समयमा सजक बनाउनुपर्ने उनीहरुको भनाइ थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतका प्रमुख भेषबहादुर थापाले उद्योगी–व्यवसायीलाई तर्साएर नभई सम्झाईबुझाई गरेर कानूनको कार्यान्वयन गर्ने बताए ।
उनले अनुगमनमा नीजि क्षेत्रलाई समावेश गराउने र सबैको सहकार्यमा आम उपभोक्तालाई स्वस्थ्य र गुणस्तरीय खाद्यपदार्थ उपभोग गर्न पाउने अधिकारको सुनिश्चितता गर्ने जनाए । उपभोक्ताको हितलाई ध्यानमा राखेर खाद्यवस्तुको उत्पादन र विक्री गर्नुपर्ने उनको भनाइ थियो ।
सरकारले खाद्य ऐन २०२३ लाई परिमार्जन गरि यस वर्षको साउन १९ गते देखि खाद्य ऐन २०८१ कार्यान्वयनमा ल्याएको छ ।


