दशौं धारा नेपालगञ्ज म्याराथनको उपाधि सेनाका खड्कालाई

नेपालगञ्ज । दशौं धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खडक बहादुर खड्काले जितेका छन् । ४२.१९५ किलोमिटर दुरीको दौडमा उपाधिसँगै खड्काले दुई लाख रुपैयाँ पुरस्कार हात पारेका छन् । खड्का आठौं संस्करणका पनि विजेता हुन् । गत वर्ष एपीएफका गोपीचन्द्र पार्कीले उपाधि जितेका थिए ।

नेपाली सेनाकै राजन रोकाय द्वितीय र सेनाकै सुशील कुमार शाही तृतीय भएका छन् । द्वितीय भएका रोकायले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने तेश्रो स्थान प्राप्त गरेका शाहीले ५० हजार रुपैयाँ पाए ।

२१ किलोमिटर हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् । उनले लगातार चौथोपटक उपाधि जितेकी हुन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै सागकी स्वर्णपदकधारी श्रेष्ठले फेरि उपाधि जितेकी हुन् । सुर्खेतकी विमला कार्की तृतीय भइन् । प्रथम भएकी सन्तोषीले ७५ हजार, द्वितीय भएकी पुष्पाले ५० हजार र तृतीय स्थान हासिल गरेकी विमलाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पूरा हुन्छ । नेपालगञ्ज म्याराथनको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका थिए ।

Translate »