पेट्रोलको मूल्य बढ्यो डिजेल र मट्टीतेलको घट्यो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँ प्रतिलिटरका दरले बढाएको छ ।

निगमले डिजेल र मट्टीतेलको भाउ भने प्रतिलिटर २ रुपैयाँले घटाएको छ । निगम सञ्चालक समितिको आइतवार सम्पन्न बैठकले पुस १ गतेदेखि लागू हुने गरी मूल्य घटबढ गराएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट पेट्रोल प्रतिलिटर २ रुपैयाँ २८ पैसा बढेर आएको डिजेल १ रुपैयाँ ४८ पैसा सस्तिएर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

