कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा


काठमाडौं । क्रिकेटका पण्डितहरूमाझ ‘क्याच विन म्याच’ भन्ने उखान प्रचलित छ। क्याच समात्न नसके खेल हार्ने सम्भावना प्रबल हुन्छ ।
बिहीबार नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा कर्णाली याक्सले त्यही परिणति ब्यहोर्यो । लगभग आफ्नो पक्षमा आइसकेको खेल हारेर प्रतियोगिताबाट बाहिरिन कर्णालीका लागि एक साधारण ‘क्याच’ छाड्नु मुख्य कारण बन्यो । कर्णाली हार्दा जनकपुर बोल्ट्सले फाइनलको यात्रा सुनिश्चित गर्यो ।
उसो त कर्णालीको हारमा त्यो क्याचमात्रै कारण होइन । टस हारेर पहिले ब्याटिङको निम्ता पाएको कर्णालीले निर्धारित २० ओभरमा ११८ रनको निम्न स्कोरमा रोकिनु उसका लागि पहिलो झट्का थियो ।

कर्णाली याक्सलाई हराउदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ । भर्खरै सम्पन्न दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउदै जनकपुर बोल्ट्स फाइनल प्रवेश गरेको हो ।
जनकपुरको लागि जेम्स निशानले सर्वाधिक ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । यस्तै, आकाश त्रिपाठीले १३ रन बनाउदा अरु कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कर्णालीको लागि विपिन शर्माले सर्वाधिक तीन विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र जिशन मक्सुदले एक एक विकेट लिए ।

