नेपाल ड्रागन बोट संघ कर्णाली प्रदेशको प्रथम अध्यक्षमा मल्ल


मुगु । नेपाल ड्रागन बोट संघ कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ।
यस अधिवेशनबाट बिरेन्द्रबहादुर मल्लको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । संघले खेलकुदको विकास र ड्रागन बोट खेललाई कर्णाली प्रदेशमा प्रोत्साहन दिन विशेष योजना तयार गर्ने लक्ष्य लिएको बताइएको छ ।

छायाँनाथरारा नगरपालिका वडा नं १ मुगु घर भएका मल्लको अध्यक्षतामा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त बोटको अधिवेशनमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले उक्त कार्यक्रमको प्रमुख आथित्यता ग्रहण गरेका थिए । अधिवेशनबाट ९ सदस्यीय कार्यसमिति गठन गरिएको बताइएको छ ।
बोट संघले खेलकुदको विकास र ड्रागन बोट खेललाई कर्णाली प्रदेशमा प्रोत्साहन दिन विशेष योजना तयार गर्ने लक्ष्य लिएको नवनिर्वाचित बोट संघ कर्णाली प्रदेशका अध्यक्ष मल्लले बताए । नयाँ कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूमा चन्द्र कुमार गिरि ( उपाध्यक्ष,नन्दा खत्री ) सचिव,चन्द्रबहादुर बुढा (कोषाध्यक्ष, ज्ञानिमाया ऐडी , सदस्यहरूमा लोकेन्द्र बम) ,रोमन थापा (भीम बहादुर बुढा र लोकेन्द्र बहादुर शाही) चयन भएका छन् ।
उक्त अधिवेशनमा कर्णाली प्रदेशका खेलाडी, खेलकुद प्रेमी र संघका सदस्यहरूको सक्रिय उपस्थिति रहको थियो भने बोट संघले कर्णाली प्रदेशमा ड्रागन बोट खेलको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

