हनिट्रयापको मुद्दा खेपिरहेकी निलम्बित इन्स्पेक्टर बिनु शाही अदालतमा

काठमाडौं । हनिट्रयापसम्बन्धी अभियोगमा निलम्बनमा परेकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु शाही अदालत उपस्थित भएकी छन् । उनी आइतबार ललितपुर जिल्ला अदालतमा हाजिर भएकी हुन् ।

भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनमाथि अनुसन्धान भइरहेको छ । उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो ।

व्यवसायीलाई बलात्कार मुद्दामा फसाउँने धम्की दिँदै ३० लाख असुलेको प्रहरीको अनुसन्धान छ । सोही आरोपमा भैँसेपाटी प्रभागका सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरीका ताज मूल इस्लाम र भिमादेवी थापा पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा भिमादेवीको खातामा २० लाख जम्मा भएको र उक्त काम गर्न इन्स्पेक्टर बिनुले लगाएको बयान पक्राउ परेकाहरुले दिएपछि गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको थियो ।

Translate »