२०८३ साउन २५ , सोमबार
Sky News Nepal
August 10, 2026

बैंक खाता खोल्न राष्ट्रिय परिचपत्र नम्बर अनिवार्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले माघदेखि बैंक, वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बिहीवार एकीकृत निर्देशन, २०८० संसोधन गरी खाता खोल्न राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर अनिवार्य गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ,’ राष्ट्र बैैंकको निर्देशनमा भनिएको छ ।

तर, सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा खाता खोल्नु सकिने भएपनि उक्त खाताबाट रकम झिक्नुअघि निर्देशन बमोजिम ग्राहक पहिचान गर्न सकिने व्यवस्था निर्देशनमा छ ।

गत कात्तिकमा संसोधन भएको सम्पति शुद्धीकरण निवारण नियमावली–२०८१ मा सूचक संस्थाहरूले ग्राहक पहिचानका लागि सरकारले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र जारी गर्दा राखेको विद्युतीय अभिलेख प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो ।

यो व्यवस्थाले बैंक, वित्तीय संस्थाहरूले ग्राहकको पहिचानका लागि नागरिकता र राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गर्न सक्ने बाटो खुलेपछि केन्द्रीय बैंकले निर्देशन जारी गरेको हो ।

प्रकाशित मिति : २०८१ पुस २६ गते शुक्रबार
Translate »