आगलागीमा परी ७५ वर्षीय वृद्धको मृत्यु

डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिकामा आगलागीमा परी ७५ वर्षीय वृद्धको मृत्यु भएको छ ।
वडा नम्बर–४ ईल स्थित गाउँमा रहेको बादी कामीको घरमा बिहान ९ बजे आगलागी हुँदा ७५ वर्षीय वृद्ध बादी सार्कीको सुतेको अवस्थामै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

उनका अनुसार वृद्ध अवस्थाका ७५ वर्षीय बादी कामी अस्वस्थता कारण घरभित्र अगेना नजिक सुतिरहेको अवस्थामा ओढेको बल्याङ्केट चुलोमा परेर जल्दा आगलागी भएको बताइएको छ ।
आगलागीबाट दुई तले माटो ढुङ्गा र काठले बनेको घर जलेर पूर्वरूपमा ध्वस्त भएको छ । मृतक कामीका ज्वाइँ र छोरी काम विशेषले खेतबारीमा गएको अवस्थामा घर आगलागी भएको थियो ।