कर्मचारी युनियन कर्णाली प्रदेश विभागीयको अध्यक्षमा बेलमता बस्नेत निर्वाचित

सुर्खेत । नेपाल निजामति कर्मचारी युनियन कर्णाली प्रदेश विभागीय अध्यक्षमा बेलमता बस्नेत निर्वाचित भएकी छन् । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न कर्मचारी युनियनको नवौ जिल्ला अधिवेशनले बस्नेतलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्ष (खुला) रमेशकुमार पाण्डे, (महिला) देवी केसी र (समावेशी) कुम्भराज मल्ल, सचिव वेदप्रसाद पंगाली, सह–सचिव प्रकाश भण्डारी, कोषाध्यक्ष यमुना श्रेष्ठ तथा सदस्यहरुमा वीरेन्द्रबहादुर माझी, प्रदिप बस्नेत, डिकेन्द्र राना, तिलबहादुर राना, पदमप्रसाद जैसी, तुलाराम चौधरी, गणेश घर्तीमगर, प्रतिक्षा रावल, खुमा भट्टराई, बालकुमारी चौधरी र लिला पहाडी निर्वाचित भएका छन् ।

अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विकेन्द्र ढकाल, भद्रबहादुर थापा, बिनिता बस्याल र हिमालय साउदलाई चयन गरेको छ । त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा किरणकुमार शर्मा, कृपाराम शर्मा, मेनका संज्याल र कर्णबहादुर गाइनलाई चयन गरेको छ ।

Translate »