एएसडीपीको अन्तिम कार्यक्रम सर्वेका लागि परामर्शदाता छनौट प्रक्रियामा अनियमितता

सुर्खेत । कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) को अन्तिम कार्यक्रम सर्वे तथा कार्य सम्पन्न प्रतिवेदनका लागि परामर्शदाता छनौट प्रक्रियामा अनियमियतता भएको आशंका गरिएको छ ।
सुर्खेत स्थित (एएसडीपी) समन्वय कार्यालयले एकलौटी निर्णय गर्दै परामर्शदाता छनौट प्रक्रियामा अनियमितता गरेको खुलेको हो । एएसडीपीले अन्तिम कार्यक्रम सर्वे तथा कार्यक्रम सम्पन्न प्रतिवेदन तयारी परामर्शदाता प्रस्तावका लागि गएको कार्तिक महिनामा प्रस्ताव आव्हान गरेको थियो ।
उक्त प्रस्ताव आव्हानपछि पाँच वटा परामर्शदाता कम्पनीहरुले प्राविधिक तथा आर्थिक प्रस्ताव (एएसडीपी) कार्यक्रम समन्वय कार्यालय सुर्खेतमा पेश गरेका थिए । सोही दिन प्रस्ताव उपर कार्यालयमा पेश भएका पाँच वटै परामर्शदाताहरुको प्राविधिक प्रस्ताव खोलिए थियो । त्यसपछि एएसडीपीले माघ २३ गते पेश भएका पाँच मध्य एउटा संस्थालाई अनुर्तिण गर्दै चार वटा परामर्शदाताहरुको छनौट गरी माघ ३० गते आर्थिक प्रस्ताव खोल्न सूचना पठायो ।
तर ती मध्यको ब्राईट फ्युचर ईन्टरनेशनल प्रालिले उक्त सूचना माथि प्रक्रियागत त्रुटी रहेको आशंका प्रकट गर्दै पुर्नमूल्यांकनका लागि माघ २४ र २६ गते एएसडीपीलाई निवेदन पेश गरेको थियो । उसले सार्वजनिक खरिद ऐन, २०६३ को नियम ४७ बमोजिमको प्रावधानलाई प्रयोग गर्दै एएसडीपीलाई निवेदन पेश गरेको हो ।
सार्वजनिक निकायको प्राविधिक प्रस्ताव मूल्यांकनको सूचना निस्केको ७ दिन भित्र पुर्नरावलोकन गर्न पाउने कानूनी ब्यबस्था छ । तर, सो पुर्नरावलोकनमा पेश भएका प्राविधिक प्रस्तावहरुको प्राप्तांकलाई सार्वजनिक गर्न ब्राईट फ्यूचरले दिएको निवेदन माथि एएसडीपीले आर्थिक प्रस्ताव खोलिने समयमा मात्र दिईने बताएपछि थप आशंका उपजिएको हो ।

एएसडीपीले कानूनतः प्रक्रियामा सहभागि परामर्शदाताहरुले योग्यताका आधारमा प्राप्त गरेको प्राप्तांकलाई सार्वजनिक गर्नुको साटो गोप्य राख्नु सूचनाको हक सम्बन्धि अधिकारलाई समेत कुण्डित गरेको परामर्शदाताहरुको भनाइ छ । परामर्शदाता छनौट प्रक्रियामा ब्राईट फ्युचर ईन्टरनेशनल प्रालि काठमाडौंसँगै ईस्टिच्यूट अफ लोकल गर्भरनेन्स काठमाडौं, ईआरएमसी–उदय–एपीआई अपी प्वाईन्ट जेभी काठमाडौं, फुल ब्राईट कन्सलटेन्सी–डीभीएन–आईईएस जेभी काठमाडौं र रुरल इन्फास्टे«चर एण्ड म्यान्जमेन्ट कन्सलटेन्ट प्रालि काठमाडौले भाग लिएका थिए ।
एएसडीपीले ऐन, नियम विपरित एकलौटी निर्णय गर्दै विभेदकारी तरिकाले प्रस्ताव छनौट प्रतिस्पर्धाबाटै हटाएको ब्राईट फ्युचर ईन्टरनेशनल प्रालिका निर्देशक सूरज वाग्लेले बताए । उनले यसअघि समृद्धि परियोजना सुनसरीको अन्तिम कार्यक्रम सर्वे तथा कार्यक्रम सम्पन्न प्रतिवेदन छनौट प्रक्रियामा सहभागि विवादास्पद खरिद विशेषज्ञ हृदयनारायण थारु अहिले एएसडीपीको पनि खरिद विशेषज्ञ नियुक्त भएकाले थप मिलेमतोको आशंका उत्पन्न भएको जनाए ।
आफु सुर्खेत आईपुगेपछि मात्र एएसडीपीले आर्थिक प्रस्ताव फिर्ता लैजान सूचना गरेपछि न्यायका लागि विभिन्न निकायमा पुगेको उनको भनाइ छ । यता कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक बासुदेव काफ्ले अन्तिम कार्यक्रम सर्वे तथा कार्यक्रम सम्पन्न प्रतिवेदनका लागि परामर्शदाता छनौट प्रक्रियामा कुनैपनि प्रकारको विभेद र मिलेमतो नभएको दावी गरे ।
उनले ऐन, नियम र कानूनको परिधि भित्र रहेर मूल्यांकन कमिटी मार्फत आवश्यक सबै प्रक्रिया पु¥याएर परामर्शदाता छनौट गरिने जानकारी दिए । उनका अनुसार ब्राईट फ्युचर ईन्टरनेशनल प्रालिले एएसडीपी माथि परामर्शदाता छनौट प्रक्रियामा लगाएको आरोप निराधार र कपोकल्पित हुन् ।
‘कसैलाई छनौट प्रक्रियामा चित्त नबुझे कानूनी बाटो हुँदाहुँदै बदनियतपूर्ण तरिकाले बदनाम गराउने कार्य न्यायोचित हुँदैन,’ उनले भने, ‘आफु प्रतिस्पर्धाबाट बाहिएरको झाेंकमा नियम र कानून अनुसार सम्पन्न हुने सरकारी कामकाजलाई नै दोषारोपण गर्ने ब्राईट फ्युचरको आरोपमा रत्तीभर सत्यता छैन् ।’ उनले परामर्शदाता छनौट प्रक्रियाका विभिन्न चरणमाथि लगाईएको तथ्यहिन, कपोकल्पित आरोप माथि विश्वास नगर्न सुझाव दिए ।